अवैध निजी विद्यालय खोज्दै जिशिअ महतो

0

बैशाख २७ गते । जनकपुरधाम
जनकपुर सहित धनुषा जिल्लामा अवैद्य रुपमा सँचालित नीजि विद्यालयसभमे अपन बालबच्चासभके नहि पढावके लेल जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो अभिभावकसभसंगे आग्रह कैने छथि । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याबसन, एनप्याबसन, अभिभावक, पुस्तक व्यावसायीहरु सम्मिलित एक बैठक सँ धनुषामे सँचालित अबैद्य बोर्डिङ स्कुललाई फिल्टराईज शुद्धिकरण) गर्ने कार्य प्रक्रिया अघि बढाईएको धनुषाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले बताए ।
बैठक सँ ७ दिनभित्र जिल्लामा सँचालित नीजि विद्यालयहरुमा अनुमति प्राप्त विद्यालयको खोजी कार्य तीव्र बनाउने निर्णय गरिएको छ । जिल्लामा कतिको नीजि विद्यालयहरु अनुमति प्राप्त छन, हामी त्यसको खोजी कार्य तीव्र पार्ने निर्णय गरेका छौँ, कति कक्षासम्म अनुमति प्राप्त गरेको र कति कक्षासम्म सँचालन गरेको बारेमा समेत खोजबीन गर्ने निर्णय गरिएको छ । बैठकबाट जिल्ला शिक्षा कार्यालय धनुषाबाट अनुमति प्राप्त विद्यालयहरुको अन्तिम नामाबली पेश गर्दैै कुनै विद्यालयले प्रमाण जुटाउन तत्कालै नसकेको खण्डमा प्रमाण पेश गर्न समयसीमा दिने निर्णय गरिएको हो ।
अनुगमन पश्चात् जिल्लामा सँचालित बैद्य विद्यालयहरुको नामाबली सँचारमाध्यमहरुमा सार्वजनिक गर्दै अभिभावकहरुलाई अनुमति प्राप्त विद्यालयहरुमा मात्र आफनो बालबालिकाहरुलाई नामाँकन गराउनुपर्ने सम्बन्धि जानकारी दिने निर्णय गरेको अधिकारी महतोले भने,‘ कुनै विद्यालयको प्रमाण छुटेमा वा सरोकारबालाहरुले गरेको अनु गमनमा कुनै त्रुटि भएको खण्डमा सच्याउने अवधि दिइने छ ।
विद्यालयहरुको प्रमाण छुटेमा विद्यालयले निवेदन गर्न सकिने व्यवस्था गरिएको छ । त्यसपश्चात् प्रशासनको सहयोगमा अनुगमन गर्दै जिल्लाका अनुमति प्राप्त नगरेका विद्यालयहरुलाई कानुनको दायरामा ल्याउनेछौँ । यसका साथै अधिकारी महतोले पाठ्यपुस्तकको नाममा पाठ्यपुस्कत विक्रेता, विद्यालयले कमिशनको खेलमा लागेर अभिभावकहरुलबाट चर्को शुल्क असुल्ने गरेको जनगुनासो बढेको भन्दै चर्को शुल्क लिने त्यस्तो विद्यालयलाई समेत कारवाहीको दायरामा ल्याउने थपे ।
प्यासबनका अध्यक्ष विश्वलाल सिँहले अनुमति प्राप्त विद्यालयको मात्र लिस्टीङग हुने जनाउँदै यो साता भित्रै जिल्ला भरिमा अनुगमन थाल्ने जनाए । उनले भने, ‘जुन विद्यालयको कुनै रेकर्ड नै छैन, उसले पनि अनियमित तरिकाले विद्यार्थी भर्ना गरिरहेकै हुन, तर अब त्यस्तो हुँदैन, त्यस्तो विद्यालयलाई हामी सम्बन्धित निकायबाट कारवाहीको दायरामा ल्याउने छौँ । नेपाल सरकारको शिक्षा प्रावधान अनुसार शैक्षिक गुठीमा दर्ता भएपछि मात्र विद्यालय सँचालन गर्नुपर्ने प्रावधान छ, र सो नभएमा विद्यालय अबैद्य मानिनेछ ।
अनुमति प्राप्त नगरेका विद्यालयले विद्यार्थीलाई टिसी दिन सक्दैन उनले भने,‘ जिल्ला भरिमा एक सय बढी विद्यालयहरु अबैद्य हुन सक्छ, जनकपुर उपमहानगरपालिका भित्रै मात्र ३० बढी नीजि विद्यालयहरु विना अनुमतिको सँचालनमा छन्, १० वटा त यस्तो छ की एक कक्षा सम्मको पनि अनुमति पाएको छैन, तर विद्यालय सँचालनमा ल्याएको छ ।
पाठ्यपुस्तमा लिने गरेको कमिशन र चर्को शुल्कको सन्दर्भमा बोल्दै सिँहले अब देखि पाठ्यपुस्तक विक्रेताले नेपाल सरकारले तय गरेको दरमा मात्र पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने भनेर प्याबसनले पहल गरिसकेको बताए । तोकिएको शुल्कभन्दा बढी शुल्क लिएमा गुनासो र निवेदनको आधारमा कारवाही गर्ने उनले थपे

Share.

Leave A Reply