अलविदा श्रीदेवी ! श्रद्धाञ्जलीका लागि बलिउड उर्लियो

0

श्रीदेवीलाई अन्तिम पटक श्रद्धाञ्जली दिन पूरै बलिउड तथा प्रशंसक मुम्बईको सेलिब्रेसन स्पोर्ट्स क्लबमा जम्मा भएका छन् ।

श्रीदेवीको निधन शनिबार वैवाहिक समारोहमा सहभागी भैरहेका बेला दुबईमा भएको थियो । मंगलबार उनको पार्थिव शरीर मुम्बई ल्याएइको थियो ।

श्रदाञ्जलीका लागि उनको शरीर मुम्बईको एउटा क्लबमा राखिएको छ ।

बुधबार साँझ श्रीदेवीको अन्तिम संस्कार गरिनेछ । ५४ वर्षीया बलिउडकी चर्चित नायिका श्रीदेवीको निधन बाथटबमा डुबेर भएको बताइएको छ ।

दुबई प्रहरीको रिपोर्टमा सन्तुलन गुमाएर दुर्घटनावश डुबेर श्रीदेवीको निधन भएको बताइएको छ ।

 

-बीबीसी हिन्दीबाट

Share.

Leave A Reply